काठमाडौँ । नेपालको सर्टिङ्ग सुटिङ्ग र टेलरिङ्गको क्षेत्रमा पहिलो आई. एस. ओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ्ग सेन्टरले आफ्नो ५० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वि.सं २०३१ सालमा स्थापना भएको श्रेष्ठ टेलरिङ्ग सेन्टरले साता व्यापी कार्यक्रम गदै ५० औं वार्षिकोत्सव मनाएको हो । श्रेष्ठ टेलरिङ्ग सेन्टरले अराधना कम्पलेक्स बागबजारमा मुख्य व्यपारीक शोरुम सहित मैतीदेवी, चावहिल, त्रिपुरेश्वर, चुच्चेपाटी, धुम्वाराहीलगायतका स्थानमा शाखा खोलेर ग्राहकलाइ सेवा दिँदै आएको संस्थापक बाबु काजी श्रेष्ठले जानकारी दिए ।

अधिकांश नेपालीको पहिलो रोजाइको टे«लर हो, श्रेष्ठ ट्रेलरिङ सेन्टर । ग्राहकको रोजाइअनुसार सेवा दिन सकेको कारण नै ५० औँ वार्षिकोत्सव मनाउन सफल भएको संस्थापक श्रेष्ठको भनाई छ ।
उनका अनुसार राजादेखि जनतासम्मको रोजाइमा परेका कारण नै श्रेष्ठ ट्रेलिङ सेन्टरले ५०औँ वार्षिकोत्सव मनाउन सफल भएको बताए । नयाँ मन्त्रिपरिषद् गठन तथा पुनर्गठन हुँदा नयाँ मन्त्रीहरुलाई तत्काल दौरा सुरुवाल चाहिँदा पनि श्रेष्ठ ट्रेलरिङलाई भन्ने गर्थे । जनतादेखि शासकसम्मलाई सन्तुष्ट दिएको श्रेष्ठ ट्रेलरले बागबजार, चावहिल लगायतका विभिन्न स्थानमा ब्रान्च स्थापना गरेको छ । जहाँ सयौँलाई रोजगारीसमेत दिएको छ । ‘मन्त्रीहरुलाई तत्कालै दौरासुरुवाद चाहिँदा तुरुन्तै उपलब्ध गराउने गरेको थियौँ,’ उनले भने, ‘अहिले पनि सेवाग्राहीकै चाहना र इच्छाअनुसार नै सेवा दिँदै आएका छौँ ।’

सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्ने गरेको उनले जानकारी दिए । उनका अनुसार सेवाग्राहीको गुनासोलाई तत्कालै समाधान गर्दै सुरुवात गरेको ट्रेलरले ५०औँ वार्षिकोत्सव मनाउन सफल भएको हो । बजार भाउअनुसार यस ट्रेलरले लिने दररेट पनि महंगो नहुनुले पनि आफूलाई बजारमा निरन्तरता दिन सकेको हो । गुणस्तरीय कपडा र सेवा दिने गरेको बाबु काजी श्रेष्ले जानकारी दिए ।

सर्ट, पाइन्ट, कोट, दौरा सुरुवाललगायतका सेवा दिएको छ । यस वर्ष ग्राहकसँग आफ्ना खुसी साट्ने र थप चाहना र इच्छा बुझने उनको योजना छ ।



