१२ जेष्ठ २०८३, मंगलबार 1779821761
अर्थ

दश इजरायली बन्धक रिहा गर्न हमास सहमत

काठमाडौं- इजरायली सेनाले गाजामा जारी राखेको बमबारी र नाकाबन्दीकै बीच हमासले १० जना इजरायली बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ ।

युद्धविरामका लागि निरन्तर प्रयास भइरहे पनि इजरायलको नयाँ नयाँ सर्तका कारण वार्तामा सहमति गर्न कठिन भएको हमासको भनाइ छ ।

Israeli captives, from left to the right, Ohad Ben Ami, Eli Sharabi and Or Levy, who have been held hostage by Hamas in Gaza since October 7, 2023, satnd escorted by Hamas fighters on a stage before being handed over to the Red Cross in Deir al-Balah, central Gaza Strip, Saturday Feb. 8, 2025. (AP Photo/Abdel Kareem Hana)

कतार र अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा जारी वार्तामा हमासको अझै केही मुख्य विषयहरूमा मतभेद रहेको हिजो जारी विज्ञप्तिमा उल्लेख छ । जसमा मुख्य रुपमा गाजामा अत्यावश्यक मानवीय सहायता सहज रूपमा प्रवेश, गाजाबाट इजरायली सेना फिर्ता र स्थायी युद्धविरामको सुनिश्चितता हुनुपर्ने रहेको छ ।

हमासका वरिष्ठ अधिकारी ताहेर अल-नुनुले आफ्नो समूहले पछिल्लो युद्धविराम प्रस्तावमा सहमति जनाउँदै आफ्ना नागरिकको संरक्षण, जातीय सफायाको अपराध रोक्न र राहत सामग्रीको निर्वाध आपूर्ति सुनिश्चित गर्न आवश्यक लचिलोपन देखाएको बताउनु भयो ।

यसैबीच इजरायली सेनाले गाजाका विभिन्न भागमा आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्लो आक्रमणमा ७४ जना इजरायलीको मृत्यु भएको छ ।