१७ बैशाख २०८३, बिहिबार 1777546556
Banner

भोटेकोसीमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ – सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ मा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

हिजो बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो ।

लमजुङ (मनाङ जोड्ने एक मात्र सडक बेँसीसहर -चामे सडक अन्तर्गत बुधबार बिहान लमजुङ बेँसीसहर नगरपालिका ६ खरखरे भिर नजिकै गएको पहिरो । तस्बिर : जनक श्रेष्ठ / रासस

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले सो सडक पूर्ण रुपमा बन्द भएको हो । सडक माथिबाट आएको पहिरोले सडक पुरेको छ भने तलबाट भोटेकोशी नदीले कटान गरेपछि सडक भासिएको हो ।

सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै आवत जावत गर्ने सवारी साधन बाटोमै अलपत्र परेका छन् ।

त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान, एम्बुलेन्स बाटोमै रोकिदा बिरामी तथा यात्रुहरु मारमा परेका छन् ।