४ आश्विन २०८१, शुक्रबार 1726871199
राजनीति

लिखु तामाकोसी-१ मा एमालेको प्यानल विजयी

रामेछाप – रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर १ दुरा गाउँमा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

एमालेका प्रदीप तामाङले ८५० मत प्राप्त गरी विजयी हुनु भएको हो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको रुद्र सुनुवारले ७३३ मत प्राप्त गरेका छन् ।

सोही वडाको सदस्यमा एमालेका ध्रुव कार्की, खेटकुमारी थापा, शर्मिला खुट्टे र विमल सुनुवार निर्वाचित भएका छन् ।

पालिका अध्यक्षमा दुरा गाउँबाट एमालेका कमल कडरियाले ७९७ मत पाउँदा कांग्रेसका केशव महतले ७५८ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी दिपा पाख्रिनले ८५० मत प्राप्त गर्दा कांग्रेसकी सरस्वती गुरुङ ७१४ मतमा रोकिएकी छन् ।