२८ भदौ २०८३, आइतबार 1789356070
अर्थ

समृद्धि र पोखरा फाइनान्सबीच मर्जर सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच आइतबार मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुवै कम्पनी बराबरी हैसियतमा गाभिन सहमत भएका हुन्। सबै नियामकीय प्रक्रियाहरु पूरा गरेर मंसिरसम्म एकीकृत कारोबार थाल्ने दुवै कम्पनीको योजना छ।

मर्जर सम्बन्धि समझदारी पत्रमा समृद्धि फाइनान्सका तर्फबाट संयोजक सुदीप घिमिरे र पोखराका संयोजक तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्। दुवै कम्पनीबाट तीनरतीन जना मर्जर समितिमा छन्।

मर्जरपश्चात संस्थाको नाम ‘पोखरा फाइनान्स लिमिटेड’ कायम रहने छ। वित्तीय संस्थाको अध्यक्ष समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट रहने एवं सञ्चालक समितिमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट अध्यक्ष सहित ४ जना र पोखरा फाइनान्स लिमिटेडबाट ३ जना रहने सहमति भएको छ ।