काठमाडौं । डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५०% सम्मको भारी छुट ल्याएको छ । अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन् ।

डिशहोमले आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित उक्त छुट सविधा ल्याएको हो ।
यो विशेष छुट पाउनको लागि ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ । त्यसपछि उनीहरूले ५०% छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन् ।
यस योजनामा समावेश गरिएका ग्याजेटहरू यस्ता छन्:
– सोनिक एयर एयरबड: अब केवल रु. १,७४९ (बजार खुद्रा मूल्य: रु. ३,४९९)
– जोन २ स्मार्टवाच: अब केवल रु. २,७४९ (बजार खुद्रा मूल्य: रु. ५,४९९)
– भोकल स्पिकर: अब केवल रु. ४,४९९ (बजार खुद्रा मूल्य: रु. ८,९९९)
डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउँदै आएको छ ।
यो अफर आजैदेखि लागू भएको छ । इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइट मार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन् ।
डिशहोमले भनेको छ, “ल्यानिज हब सँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं । यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो ।”
कम्पनीका अनुसार यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुने छ, जसले डिशहोम अनुभवलाई अझ समृद्ध बनाउनेछ ।
यससँगै, सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५% छुट पाउनको लागि प्रोमो कोड “CHILLFI15” प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


