३१ श्रावण २०८३, आइतबार 1786874369
अर्थ

सिटिजन्स बैंक र ई-स्टप नेपालबीच छुट सम्झौता

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नागपोखरीस्थित ई-स्टप नेपालमा विशेष छुट पाउने भएका छन्। छुट दिने सम्बन्धमा ई(स्पोट नेपाल र बैंकबीच समझदारी भएको छ।

समझदारीपछि सिटिजन्स बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ई-स्टप नेपालको सम्पूर्ण आउटलेटमा ५ प्रतिशत इभी चार्जिङ र ५ प्रतिशत फुडमा गरी १० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमका सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङका माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरू संचालनमा ल्याउँदै आएको जानकारी दिएको छ।