काठमाडौँ ८ साउन । काठमाडौँको बसुन्धरामा सञ्चालित कान्तिपुर जनरल अस्पतालले साउन महिनाभर स्वास्थ्य परिक्षणका लागि आउने सर्वसाधारण तथा विरामीका लागि निशुल्क सेवा उपलव्ध गराएको छ ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले अस्पतालमा सामान्य चिकित्सा तथा शल्यक्रियाका लागि निशुल्क परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यसबाहेक प्रसूति तथा स्त्री रोग परीक्षण सेवामा पनि पैसा नलिने डा श्रेष्ठले बताउनुभयो ।
कान्तिपुर जनरल अस्पतालले प्रयोगशाला परीक्षणमा पनि साउन महिनाभर १५ प्रतिशत छुट सुविधा उपलव्ध गराउने निर्णय गरेको छ । त्यसमा एक्सरे सेवा, ल्याव टेष्ट, पाठेघरको मुखको जाँच(पापिस्मेयर) र भिडियो एक्सरे सेवा रहेको छ ।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमै कान्तिपुर जनरल अस्पताल सञ्चालनमा रहेको छ । विशेषज्ञ चिकित्सकहरुको सहज उपलव्धता हुने उक्त अस्पतालले सुलभ मूल्यमा सेवा उपलव्ध गराउँदै आएको छ ।


