१ जेष्ठ २०८३, शुक्रबार 1778909255
अर्थ

‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा

काठमाडौँ । नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ।

नेपालया इन्टरनेसनल इभेन्ट्स प्रालिको आयोजनामा तथा नेसनल नस्कुल स्पोर्ट फेडरेस र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सहकार्यमा प्रतियोगिता सञ्चालन गरिने भएको हो।

आयोजकले यस च्याम्पियनसिपलाई केवल एक प्रतियोगिता नभई देशभरका विद्यार्थीको ज्ञान, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्ने शैक्षिक अभियानको रूपमा अघि बढाइने बताएका छन्।

यसअघि सञ्चालन भएका अन्य क्विज प्रतियोगिताभन्दा फरक शैली र संरचनामा आयोजना गरिने बताइएको यो च्याम्पियनसिप तीन चरणमा सम्पन्न हुनेछ। सुरुमा जिल्लास्तरमा प्रतिस्पर्धा गरिनेछ, जसमा देशभरका ७७ वटै जिल्लाका विद्यालयहरू सहभागी हुनेछन्। भदौ २० गतेबाट सुरू हुने जिल्ला स्तरीय प्रतिस्पर्धामा पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको छ। त्यहाँबाट छानिएका टोलीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् भने अन्ततः संघीय राजधानी काठमाडौँमा मंसिर ५ देखि ७ गतेसम्म ग्रान्ड फिनाले हुनेछ।