काठमाडौं। ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा मोर्बिडेली नेपालका २ नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । एक्स्पोमा ‘टी ३५२ एक्स’ र ‘टी २५२ एक्स’ पहिलो पटक भव्य रूपमा सार्वजनिक गरेको हो ।

इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू–भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन् ।
मोर्बिडेली टि३५२एक्स उच्च प्रदर्शन र साहसिक क्षमता टि३५२एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो। जसले नेपालको कठिन भू–भागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ।
यसमा उत्कृष्ट ह्यान्डलिङः पिरेली स्कॉर्पियन टायर, यूएसडी फ्रन्ट फोर्क, मल्टि–लिङ्क रियर सस्पेन्सन र १८ लिटरको इन्धन ट्याङ्क उपलब्ध छ ।मोर्बिडेली टी२५२एक्स भने स्टाइल, सहजता र किफायती मूल्य विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ । जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ। १७ इन्च एलोय ह्वील, यूएसडी फ्रन्ट फोर्क, टीएफटी डिस्प्ले उपलब्ध छ।


