२० आश्विन २०८३, मंगलबार 9:29 pm
Banner

उत्तराखण्डमा बाढीले पुरयाएको जनधनको क्षतिप्रति प्रधानमन्त्री चिन्तित

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको खबरले चिन्तित भएको बताएका छन्। तुर्कमेनिस्तान भ्रमणमा रहेकै वेला सामाजिक सञ्जालमार्फत उनले दु:ख व्यक्त गरेका हुन्।

बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको  भन्दै दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका छन्। उनले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।