भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले करार सेवामा विभिन्न पदहरूमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै १८ जना कर्मचारीका लागि आवेदन माग गरेको हो। इच्छुक तथा योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। नगरपालिकाले सबैभन्दा धेरै ८ जना नगर प्रहरी जवान माग गरेको छ।

यसैगरी, कृषि र पशुपन्छी सेवातर्फ चौथो तहका लागि २र२ जना प्राविधिक सहायक मागिएको छ। पाँचौ तहका लागि आप्रवासी स्रोत केन्द्र परामर्श कर्ता र मनोसामाजिक परामर्श कर्ता पदमा १र१ जनाको लागि आवेदन खुलेको छ। साथै, रिटर्नी स्वयंसेवक र फार्मेसी सहायक पदमा पनि २–२ जना कर्मचारी मागिएको छ।
नगरपालिकाका अनुसार, आवेदन फाराम, आवश्यक योग्यता र विस्तृत जानकारी नगरपालिकाको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। योग्यता पुगेका व्यक्तिहरूलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित दरखास्त दिन नगरपालिकाले अनुरोध गरेको छ।


