२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:38 am
राजनीति

माइतीघर मण्डलामा बढ्दै जेनजीको भिड

सूचना प्रेस २०८२ भदौ २३ सोमबार ००:००, ११:०७ बजे १ मिनेट पढाइ

काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् ।  माइतीघर मण्डलामा युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका छन् ।

अहिले त्यहाँ युवाहरूको भिड बढिरहेको छ । युवाहरू कलेज ड्रेस लगाएर प्लेकार्डसहित मण्डलामा सहभागी भइरहेका छन् । बिहान ११ बजेदेखि मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ ।