४ आश्विन २०८१, शुक्रबार 1726889504
Banner

५८४ स्थानीय तहको मत परिणाम सार्वजनिक : यस्तो छ परिणाम

काठमाडौं । बिहीबार साँझ ६ः१५ बजेसम्म ५८४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

निर्वाचन आयोगकाअनुसार मत मरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले प्रमुख पदमा २५७ स्थानीय तह जितेको छ । कांग्रेसले १७० गाउँपालिका अध्यक्ष र ८७ नगरपालिका प्रमुख जितेको छ । 

नेकपा (एमाले)ले १६४ स्थानीय तह जितेको छ । एमालेले १०९ गाउँपालिका अध्यक्ष जित्दा ५५ नगरपालिका प्रमुख जितेको छ ।

माओवादी केन्द्रले ८९ गाउँपालिका अध्यक्ष र १६ नगरपालिका प्रमुखसहित १०५ स्थानीय तह जितेको छ । 

जनता समाजवादी पार्टी (जसपा) नेपाल १५ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ । एकीकृत समाजवादीले ६ वटा मेयरमा जित हासिल गरेको छ । 

अन्यतर्फ २३ गाउँपालिका र १४ नगरपालिका प्रमुखमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।