४ भदौ २०८३, बिहिबार 1787274451
Banner

सूर्यविनायक नगरपालिकामा एमालेको विजय जुलुस (फोटो फिचर)

काठमाडौं । सूर्यविनायक नगरपालिका भक्तपुरमा मेयर उपमेयर सहित ३३ सिट जितेको नेकपा एमालेले नगरस्तरीय विजय जुलुस निकालेको छ। एमालेको पार्टी कार्यालय सूर्यविनायकबाट शुरु भएको विजय जुलुस सल्लाघारी, अरनिको हाइवे हुँदै चक्रपाणी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका बासुदेव थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गरेर मेयरमा विजय हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेलले १३ हजार २ सय ३२ मत ल्याउनुभएको थियो ।

त्यसैगरी उपमेयरमा सरिता तिम्सिना भट्टराईले १४ हजार ४ सय ९० मत प्राप्त गरेर विजय हुनुभएको छ । उहाँका प्रतिद्धन्दी नेकपा समाजवादीका श्याम बस्नेतले ६ हजार ६ सय ६१ मत पाएर पराजित हुनुभएको थियो ।

मेयर सहित ३३ सिटमा विजय हुँदै नगरपालिकामा लालकिल्ला बनाउन सफल एमालेको विजय जुलुसमा नेता तथा समर्थकको उल्लेख्यमात्रामा सहभागिता रहेको थियो। जितको खुशीयालीमा एमालेले भोलिदेखि सूर्यविनायक नगरपालिकाका १० वटै वडामा विहान र बेलुकीको समयमा विजय रयाली निकाल्ने बताएको छ । तस्विर मोहन अधिकारी