३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:04 am
Banner

रवि निस्किएसँगै नख्खुबाट सबै कैदी बाहिरिए

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १९:२१ बजे १ मिनेट पढाइ

ललितपुर- सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएलगत्तै ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी बन्दी बाहिरिएका छन् ।

उनीहरू केही बेरअघि नख्खु कारागारबाट एकसाथ बाहिरिएका हुन् । नख्खु कारागारमा कम्तीमा पनि १ हजार ५ सय जना कैदी थिए । प्रहरीले सुरक्षाबाट हात उठाएसँगै कैदीहरू बाहिर निस्किन थालेका छन् । यसका कारण सुरक्षा जोखिम उच्च भएको छ ।