४ आश्विन २०८१, शुक्रबार 1726889394
राजनीति

१७ स्थानीय तहमा महिला पालिका प्रमुख, एमालेको महिला उपप्रमुख धेरै

काठमाडौं -दलहरुले उल्लेख्य संख्यामा महिलाहरुलाई प्रमुख पदमा टिकट दिए पनि जित्नेको संख्या थोरै मात्र छ । हालसम्मको परिणामा अनुसरा एमालेका तीनजना र काँग्रेसबाट दुईजना महिला नगरप्रमुख भएका छन् । यसैगरी गाउँपालिका अध्यक्षतर्फ एमाले र काँग्रेसबाट चार चार जना महिलाले प्रमुख पद जितेका छन् । यस्तै माओावादी केन्द्रबाट तीन जना महिलाले प्रमुख पद जितेका छन् ।

हालसम्म घोषणा भएका १७७ जना नगर उपप्रमुख मध्ये १सय ४० जना महिला निर्वाचित भएका छन् । ति मध्ये एमालेबाट ६०,काँग्रेसबाट ५६,माओवादीबाट १०,नेकपा एसबाट पाँच्,जनता समाजवादीबाट तीनजना नगर उपप्रमुख विजयी भएका छन् । त्यस्तैगरी लोकतान्त्रिक समाजवादी पार्टीबाट र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई दुई,मजदुर किसान पार्टीबाट र नागरिक उन्मुक्तिपार्टीबाट एक एक जना नगर उपप्रमुख विजयी भएका छन् ।

हालसम्म ५७ जना महिला वडाअध्यक्ष निर्वाचित भएको निर्वाचन आयोगले जनााएको छ । यस्तै महिला सदस्यमा पाँच हजार ७४१, दलित महिला सदस्यमा पाँच हजार ६४३, सदस्यमा ३९५ जना महिला निर्वाचित भइसकेका छन् ।