४ आश्विन २०८१, शुक्रबार 1726880921
पालिका

सुनसरीको बर्जुमा एमाले विजयी

सुनसरी -सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) वियी भएको छ ।

अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गर्नुभएको छ । छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।