१६ बैशाख २०८३, बुधबार 1777477986
समाचार

क्षतिग्रस्त अर्थ मन्त्रालयको भवनमा धमाधम रंगरोगन

काठमाडौं, २ असोज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए ।