२६ जेष्ठ २०८३, मंगलबार 1781062152
फिचर

सामूहिक सयपत्री फूलखेतीमा महिला

तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । 

घोराही उपमहानगरपालिका-१७ गैरागाउँमा व्यापसायिक रुपमा गरिएको सयपत्री फूल तिहारका लागि माला बनाउन टिप्दै किसान । फुल पाँच सय रुपैयाँ किलो र माला आकार अनुसार एक सय देखि दुई सय रुपैयाँमा बिक्री हुने गरेको किसान बताउँछन् । तस्बिर : रञ्जिता अधिकारी /रासस

यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिइन् । 

अध्यक्ष रानाले भनिन्, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेर्थ्यौँ । हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो । गाउँपालिकामा यसबारेमा जानकारी लियौँ, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौँ ।” समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताइन् । उनका अनुसार सयपत्री फूल प्रतिकिलो रु तीन सय र प्रतिमाला रु एक सय ५० मा बिक्री हुने गरेको छ । घरायसीमा काममा व्यस्त रहने महिलाहरूलाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन् । 

सयपत्री फूल टिप्दै दाङ, २८ असोजः दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रोफर्मले व्यवसायिक रूपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि टिपिँदै । दाङमा सयपत्री फूल थोकमा प्रतिकिलो ५०० रुपैयाँका दरले बिक्री भइरहेको फूल व्यवसायीहरू बताउँछन् । तस्बिरः कुलदीप न्यौपानेरासस
सयपत्री फूल टिप्दै दाङ, २८ असोजः दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रोफर्मले व्यवसायिक रूपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि टिपिँदै । दाङमा सयपत्री फूल थोकमा प्रतिकिलो ५०० रुपैयाँका दरले बिक्री भइरहेको फूल व्यवसायीहरू बताउँछन् । तस्बिरः कुलदीप न्यौपानेरासस

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए । गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उनले बताए । “स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ ।

उहाँहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ”, अध्यक्ष श्रेष्ठले भने ।