२६ भदौ २०८३, शुक्रबार 1789173909
Banner

पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको हो।

त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटेको छ। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।