१ जेष्ठ २०८३, शुक्रबार 1778901198
Banner

नेपाल लगातार दोस्रोपटक विश्वकपमा

काठमाडौं । नेपालले टी–२० विश्वकपमा छनोट भएको छ ।  नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो ।

ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट नेपाल र घरेलु टीम ओमान विश्वकपमा पुगेका हुन् । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इएपी छनोटमा शीर्ष तीनमा रहने पक्का भएपछि नेपालले अर्को वर्ष छिमेकी भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपरेको थियो ।

अब थप एक टीमको टुंगो लाग्न बाँकी छ ।