३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:11 am
फिचर

आहा फुतफुते झरना !

सूचना प्रेस २०८२ आश्विन ३० बिहिबार ००:००, १५:२६ बजे १ मिनेट पढाइ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्ने सुन्दर फुतफुते झरना ।

करिब तीनहजार मिटरको उचाईमा रहेको यो झरना पर्यटकको आकर्षणको केन्द्र बनेको छ । आधार शिविरमा रहेको पञ्चकुण्ड तालबाट बगेर आएको मिस्त्री खोलाको पानीबाट फुतफुते झरना बनेको हो । मौरिस हर्जोग पदमार्गका पदयात्रीहरु झरनामा पुगेर फोटो, भिडियो बनाउँदै रमाइलो गर्दछन् । झरना नजिक पर्यटकको सुविधाका लागि चिया तथा कफी पसलहरु सञ्चालन गरिएको छ ।