१८ आश्विन २०८३, आइतबार 8:48 am
Banner

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

आगामी फागुन २० गते राष्ट्रियसभाका ५९ सदस्यमध्ये एक तिहाइको कार्यकाल सकिँदैछ। ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान रहेकाले सरकारले माघ ११ गते नै निर्वाचन गर्न लागेको हो।