३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:21 am
अर्थ

नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी घट्यो

सूचना प्रेस २०८२ कार्तिक १६ आइतबार ००:००, ११:०६ बजे १ मिनेट पढाइ

काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले कारोबार भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँले कायम भएको हो ।

त्यस्तै, आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ ।c