काठमाडौँ । सप्तरी र सिराहामा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । सिराहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा म.प्र.०१–००४ प ७८४८ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकल चालक सोही गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ७० वर्षीय सत्यनारायण ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको आर्य न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरीको खडक नगरपालिका– ११ बनौलीस्थित सडकमा प्रदेश २–०१–००१ प १७०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ४२ वर्षीय दिप्रेन्द्र पासवानको आइतबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाकारी दिएको छ ।


