काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले जेनजी र सरकारबीचको सम्झौता र चुनावप्रति नेकपा एमालेको सैद्वान्तिक आपत्ति नरहेको प्रष्ट पारेका छन् ।
आज सरकार, निर्वाचन आयोग र दलहरूबीच भएको छलफलमा बस्नेतले सम्झौता र चुनावप्रति एमालेको आपत्ति नरहेको तर संसद पुनस्र्थापनाको मुद्दा अदालतमा रहेकाले् चुनाव हुँदैन भन्ने आफूहरूको निष्कर्ष रहेको बताएका हुन् ।
उनले भने ‘सैद्धान्तिक रूपमा हामी निर्वाचनको पक्षमा छौ । तर आजको वातावरण र संसद् पुनर्स्थापनाको यो सरकार असंवैधानिक भनेर सर्वोच्च अदालत गएकाले चुनाव हुँदैन भन्ने हाम्रो निष्कर्ष हो’ । बस्नेतले दलहरूसँग वान टू वान छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिए ।
उनले भने, ‘प्रधानमन्त्रीलाई म आग्रह गर्छु, दलहरूलाई ब्याक च्यानलबाट छलफलका लागि प्रस्ताव गर्ने भन्दा ओपन च्यानलबाट छलफल गर्ने गर्नुपर्छ । वान टु वान छलफल गर्दा राम्रो हुन्छ । धेरै छलफल भएपछि मात्र चुनावको वातावरण बन्छ ।’


