३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:55 am
खेलकुद

दोस्रो अध्यास खेलमा नेपाल विजयी

सूचना प्रेस २०७९ जेष्ठ २२ आइतबार ००:००, ०६:४५ बजे १ मिनेट पढाइ

काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो तथा अन्तिम अभ्यास खेलमा जित निकालेको छ।

नेपालले अमेरिकी क्लब ह्युस्टन हुरिकेन्सलाई नेपालले २९ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको नेपालले ४९ ओभर एक बलमा दुई सय ५० रन बनायो। यो खेलमा कप्तानी गरेका रोहित पौडेलले शतक प्रहार गरे। उनले ९० बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए।

यस्तै सुनील धमलाले १३ रन बनाउँदा देव खनाल १९ रनमा पेभेलियन फर्किए। यस्तै दिपेन्द्रसिंह ऐरी २४ रनमा आउट हुँदा आरिफ शेखले ४१ रन बनाए। ​बलिङमा मोहम्मद इलियासले पाँच विकेट लिए भने हरमित सिंहले दुई विकेट लिए। २ सय ५१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्युस्टन हुरिकेन्स ४३ ओभर तीन बलमा २ सय २१ रनमा अलआउट भयो। उसका निनाद निम्बाल्कर ९९ रन बनाए।