२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 10:34 am
समाचार

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

सूचना प्रेस २०८३ बैशाख ९ बुधबार ००:००, ०९:३६ बजे १ मिनेट पढाइ

बाजुरा । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने २८ वर्षका पदम ल्वारको भीरबाट लडेर मृत्यु भएको हो । सोही वडामा आफन्तको घरमा बिहे भोजमा गएका युवक सोही दिन घर फर्किन्छु भनी हिँडेका उनी बेलुकादेखि सम्पर्कविहीन भएका थिए ।

खोजी कार्य गर्दा भीरको तल मृत अवस्थामा भेटिएको प्रहरी जनाएको छ । ल्वारको शव अहिले पोस्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको छ । यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।