काठमाडौं । सरकारले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
शनिबार दिउँसो काठमाडौं महानगरपालिकाले गैरीगाउँको सुकुम्बासी बस्तीका टहरा भत्काउन डोजर चलाएको हो । यसअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर लगाएको थियो भने मनोहरास्थित सुकुम्बासी बस्ती पनि खाली गराइरहेको थियो ।
प्रहरीले सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ । यसअघि सम्बन्धित निकायले बस्ती खाली गर्न नमाने कानुनी कारबाही गरिने चेतावनी दिएको थियो । तर स्थानीयवासीले सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा नगरी जबर्जस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।


