१८ बैशाख २०८३, शुक्रबार 1777660049
Banner

सुकुम्बासी बस्तीमा डोजर चलेपछि अर्का सुकुम्बासीले पनि गरे आत्महत्या

काठमाडौँ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका एक पुरुषले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका छन्। सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बनेका उनी शुक्रबार सामान सार्दै गरेका बेला अचानक नदीमा हाम फालेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको शव बागमती नदीबाट बाहिर निकालेको छ । मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् । पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६र१७ वर्षदेखि बस्दैआएको थियो ।

यसअघि पनि सोही बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो।

बस्ती हटाउने अभियानसँगै प्रभावित समुदायमा मानसिक तनाव र असुरक्षाको अवस्था बढिरहेको देखिएको छ।