५ जेष्ठ २०८३, मंगलबार 1779207550
समाचार

कानून व्यवसायीले गरे दिउँसै लालटिन बालेर प्रदर्शन

काठमाडौँ : कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।

एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेको हो ।