२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 1:47 pm
Banner

निश्चित व्यावसाय र पेशामा सफल हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन : महासचिव पोखरेल

सूचना प्रेस २०७९ असार ८ बुधबार ००:००, १०:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुुनु राजनीतिका लागि स्वतः योग्य नहुने बताउनुभएको छ ।

रवि लामिछानेप्रति लक्षित गर्दै महासचिव पोखरेलले राजनीतमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ।’

पूर्व पत्रकार रवि लामिछानेले हिजोमात्र नयाँ पार्टी दर्ताका लागि निवेदन दिदै आफू पूर्ण रुपमा राजनीतिमा आएको उद्घोष गर्नुभएको थियो।