४ आश्विन २०८१, शुक्रबार 1726835730
Banner

१० करोडमा मुद्दा मिलाउने अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बस्दै

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रुपमा न्यायपरिषदको बैठक बोलाएका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउसो साढे १ बजे बैठक बस्नेछ ।

‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो’ परिषदका एक सदस्यले भने, ‘एजेण्डावारे बताइएको छैन ।’

अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक बोलाईएको हो ।

सार्वजनिक अडियो रेकर्डमा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् ।

त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन देखाएका थिए । न्यायपरिषदका एक सदस्यले भने, ‘त्यस्तो गम्भीर विषय सार्वजनिक भएपछि छलफल गर्न बैठक डाकिएको हो ।’