७ जेष्ठ २०८३, बिहिबार 1779377917
Banner

रवि लामिछानेको पार्टीको नाम सच्याउन माग गर्दै निर्वाचन आयोगमा दुई उजुरी

काठमाडौं – रवि लामिछानेले मंगलबार घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा दुईवटा उजुरी परेको छ ।

मंगलबार एक र बुधबार अर्को एक टोलीले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका छन् ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।

उनीहरुले दिएको उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने उहाँले बताउनुभयो।

लामिछानेले गठन गरेको नयाँ पार्टीको नाममा स्वतन्त्र शब्द परेको भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट आपत्ति जनाउँदै आएका छन् ।