२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:39 pm
राजनीति

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत

सूचना प्रेस २०८३ कार्तिक ७ शनिबार ००:००, १५:०० बजे १ मिनेट पढाइ

कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्।

बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै अब उक्त पदमा नयाँ सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

व्यवस्थाअनुसार प्रदेशसभा सचिवमा सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गर्ने व्यवस्था छ।