२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:27 pm
समाचार

पाल्पामा अटो दुर्घटना

सूचना प्रेस २०८३ कार्तिक ९ सोमबार ००:००, १७:३४ बजे १ मिनेट पढाइ

पाल्पा : पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३, बल्गामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

बल्गाबाट कटौजेतर्फ आउँदै गरेको नम्बर नखुलेको तीनपाङ्ग्रे अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो। अटोमा चालकसहित आठ जना सवार रहेकोमा छ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ।