३ जेष्ठ २०८३, आइतबार 1779065853
Banner

समानुपातिकमा एमालेले कटायो एक लाख मत

प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणना नेकपा एमालेले १ लाख मत कटाएको छ।

अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत पाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ (२५ प्रतिशत) मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३.२२ प्रतिशत मत हो।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ (११ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ (७ प्रतिशत)  मत पाएको छ।