१० मंसिर २०८१, सोमबार 1732530806
Banner

मेयर बालेन शाह विरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्धको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

प्रमुख प्रशासनिक निकाय सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास र राष्ट्रपतिको कार्यालयको फोहोर नउठाउने मेयर बालेनको घोषणा गैरकानुनी भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार दायर गरेको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको थियो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ ।

आज कामु प्रधानन्यायाधीश कार्कीको एकल इजलासमा परेका आठवटै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन् ।