१२ कार्तिक २०८१, सोमबार 1730146971
Banner

नागरिकता प्रकरण : यसअघिकै आदेशलाई निरन्तरता दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले यसअघि विवादास्पद नागरिकता विधेयकको प्रमाणीकरण कार्यन्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि जेठ २१ गते प्रारम्भिक सुनुवाइ गर्दै यसअघि डा. मनोज कुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतले नागरिकता विधयेकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ ।

सो मुद्दाको अर्को पेशी मंगलबारलाई तोकिएको छ ।