१२ कार्तिक २०८१, सोमबार 1730153168
राजनीति

प्रतिनिधिसभामै मौन धारण


काठमाडौं । नेपाल एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले बजेटको विषयलाई लिएर सदनमै मौन धारण गरेका छन् ।

शुक्रबार बजेटमाथि भएको छलफलका क्रममा उनले प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् ।

यथास्थितिमा बजेट पास गर्न नदिने उनले चेतावनी दिए । सरकारले ल्याएको बजेटमा मधेशलाई हेला गरेको उनको भनाइ छ ।

बजेटका सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।