८ मंसिर २०८१, शनिबार 1732366226
अर्थ

बजेट आउनुभन्दा अघिको मूल्यमा प्याज र आलु कहिले पाइन्छ ?

काठमाडौं । नेकपा एमाले नेता रघुजी पन्तले संसदमा बजेट पेस गर्नुअघिकै मूल्यमा प्याज र आलु कहिले पाइन्छ भनी अर्थमन्त्री प्रकाश शरण महतलाई प्रश्न गरेका छन् ।

अर्थमन्त्री प्रकाश शरण महतले बजेटबारे उठेका प्रश्नको जवाफपश्चात् स्पष्टीकरण सोध्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘प्याजको भाउ हिजो ८५ रुपैयाँ र आज १०० रुपैयाँ नाघेको छ । तैपनि कतिपय ठाउँमा पाइँदैन । आलुको २० देखि २५ प्रतिशत सम्म वृद्धि भएको छ । तर, नेपाली किसानको गोलभेडा र तरकारी बारीमा खेर फाल्ने काम जारी छ,’ उनले भने, ‘बजेट घोषण गर्नुअघिको भाउमा आलु र प्याज कहिले पाइन्छ ?’