१० कार्तिक २०८१, शनिबार 1730002297
अर्थ

स्थानीय उत्पादनलाई प्रमोट गर्न आयातित आलु र प्याजमा कर : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले स्थानीय उत्पादनलाई प्रमोटका लागि भारतबाट आयातित प्याज र आलुमा कर लगाएको बताएका छन् ।

व्यवसायीले आलु र प्याजमा लागइएको कर नहटाए भारतबाट आलु र प्याज ठप्प पार्ने चेतावनी दिइरहेका बेला अर्थमन्त्री महतले सोमबर बजेटमाथि उठेका प्रश्नको उत्तर दिने क्रममा यस्तो बताएका हुन् ।

‘प्याज आलु स्याउलगायत उपयोग्य वस्तुमा किन भ्याट लागाइएको भन्ने सवाल छ । यसमा हामी कृषि प्रधान देश भन्छौँ । तर, अर्बौ रकम बाहिर गइरहेको छ । त्यसलाई नियन्त्रणका लागि ट्याक्स लगाइएको छ,’ उनले भने ।

यस्तै, उनले साफ्टाको जुन नियमअनुसार ज्यादा भन्सार लगाउन नपाउने बताउँदै उनले भ्याटमार्फत् अलिकति क्षतिपूर्ति गरिएको बताए ।

सोही क्रममा स्थानीय उत्पादनको के हुन्छ भन्ने सवाल उठेको बताउँदै उनले भने, ‘डिपार्टमेन्टहरुमा ठूलो स्केलमा वा अर्गनाइज स्केलमा सेल गर्छन् । उनीहरुलाई भ्याट लाग्छ । तर,साना–साना सप्लायर्स र उत्पादक र सानासाना पसलमा विक्री गर्छन् उनीहरुले भ्याट तथा करबाट छुट पाउँछन् ।’

स्थानीय उत्पादनलाई प्रमोट गर्न यस्तो व्यवस्था ल्याइएको उनको भनाइ छ ।

Tags :