१० कार्तिक २०८१, शनिबार 1729973409
राजनीति

सरकार नेपाली नागरिकलाई नागरिकता दिन प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले नागरिकता विधेयकमा छिटो निर्णय गर्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । सरकार नेपाली नागरिकलाई नागरिकता दिन प्रतिबद्ध रहेको उनको भनाइ छ ।

उनले भने, ‘कि त अदालतले स्टेअर्डरको निर्णय लम्ब्याउने नभइ टुंग्याउनुपर्छ, हामी अर्को विधेयक ल्याएर कानुन बनाउँछौं । कि अदालतले प्रमाणीकरण सही छ, अब यही आधारमा यही कानून भयो भन्नुपर्छ ।’

Tags :