१० कार्तिक २०८१, शनिबार 1729994953
विश्व

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच कुराकानी भएको खुलासा

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र चिनियाँ समकक्षीबीच खुलस्त कुराकानी भएको जनाएको छ।

मन्त्रालयका अनुसार चीनका अधिकारीहरूसँगको दुईदिने बैठकको आरम्भमा दुई विदेशमन्त्रीबीच कुराकानी भएको हो ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले कूटनीति र ूसंवादका ढोकाहरू खुला राख्नुपर्ने आवश्यकतामा जोड दिएको विदेश मन्त्रालयले जारी गरेको एक वक्तव्यमा उल्लेख गरिएको छ।

अमेरिकी अधिकारीहरूले वार्ताको मुख्य लक्ष्य अत्यन्तै तनावपूर्ण भएको सम्बन्धलाई स्थिर बनाउनु रहेको बताएका छन्। शीर्ष अमेरिकी कूटनीतिज्ञले चीन भ्रमण गरेको यो पहिलो पटक हो।

यस्तै, चिनियाँ विदेश मन्त्रालयका अनुसार चीनका विदेशमन्त्री किन गांगले ब्लिङ्कनलाई बेइजिङ अमेरिकासँग स्थिर र रचनात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहेको बताएको छन्।

अमेरिकी अधिकारीहरूले चाहिँ वार्तामा उनी वाशिङ्टन भ्रमणका लागि सहमत भएको बताएका छन्।

चीनले स्वशासित ताइवानलाई उसैको टुक्रिएको प्रान्तको रूपमा हेर्छ र अन्ततः त्यो बेइजिङको नियन्त्रणमा हुनेछ भन्ने ठान्छ। तर ताइवानले आफूलाई चिनियाँ मुख्य भूमिभन्दा फरक ठान्छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले गतवर्ष चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका थिए। त्यसलाई बेइजिङले निन्दा गरेको थियो ।

Tags :