१० कार्तिक २०८१, शनिबार 1729995274
Banner

बजेटको पक्षमा मत हाल्न माओवादीको ह्विप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बजेटको पक्षमा मत हाल्न ह्विप जारी गरेको छ ।

संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले निर्देशन जारी गरेका हुन्।

मंगलबार बसेको माओवादीको संघीय संसदीय दलको बैठक बसेको थियो । बुधबार संसदमा आव २०८०/८१को बजेटको निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम छ ।
बजेट भोलि पारित गर्ने कार्यसूची रहेको छ। बजेटप्रति सत्तारूढ दलका सांसदमात्र होइन मन्त्री नै रूष्ट छन्।

‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ। त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वर्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ पाण्डेले हस्ताक्षर गरेको ह्विपको पत्रमा भनिएको छ।

Tags :