१० कार्तिक २०८१, शनिबार 1729973753
समाचार

ललिता निवास प्रकरण : पक्राउ परेकालाई लगियो जिल्ला सरकारी वकिल कार्यालय

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ ।

मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका उनीहरुलाई हिरासतमा राख्ने अनुमतिको तयारीका लागि आज जिल्ला अदालतमा पेस गर्न लिएको हो ।

उनीहरुमाथि सिआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमाथि अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सीआइबीको हिरासतमा छन् ।

Tags :