७ भदौ २०८३, आइतबार 1787497154
Banner

प्रतिनिधिसभामा पेस भएका सबै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/२०८१ को बजेटमाथि सांसदले पेस गरेका खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले गरेको खर्च कटौतीका प्रस्ताव निर्णयका लागि पेस गरेका थिए ।

विभिन्न मन्त्रालयमाथिको खर्च कटौती गरिओस भन्दै सांसदहरु नारायणप्रसाद आर्चाय,प्रेम सुवाल, भगवती चौधरी, दामोदर भण्डारी, लिलानाथ श्रेष्ठ, सुमना श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, बलराम अधिकारी, बसन्तकुमार नेम्वाङ , दामोदर पौडेल वैरागी, दीपा शर्मा, गोकर्ण विष्ट, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, सूयबहादुर थापा क्षेत्री, डा. स्वर्णिम वाग्ले, जुलीकुमारी महतो महासेठ,सूयप्रसाद ढकाल, अच्युतप्रसाद मैनाली,ज्वालाकुमारी शाह, योगेशकुमार भट्टराई,सहराज अहमद फारुखी, हरिप्रसाद उप्रेती,पदम गिरी र महेशकुमार बर्तौलाले खर्च कटौतीका लागि प्रस्ताव पेस गरेका थिए ।