२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:01 am
Uncategorized

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिनमा, अझै निस्केन निकास

सूचना प्रेस २०७८ पुस १६ शुक्रबार ००:००, ०९:०५ बजे १ मिनेट पढाइ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन ।

संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ ।

बारको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार भने आन्दोलनमै छ । प्रधानन्यायाधीश राणाको राजीनामा उसको बटलमलाइन देखिएको छ ।