१० कार्तिक २०८१, शनिबार 1729995665
Banner

खुल्यो अवरुद्ध संसद

काठमाडौं । केही दिनयता अवरुद्ध संसद खुलेको छ ।

प्रधानमन्त्रीको अभिव्यकितप्रति असन्तुष्ट रहँदै आएको नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्रीको छलफलपछि सोमबार प्रतिनिधिसभा बैठक बसेको हो ।

प्रधानमन्त्री दाहालले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीको भूमिका अहम रहेको बताएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमति गरेपछि प्रमुख प्रतिपक्षी एमाले सदनको अवरोध खुलाउन तयार भएको हो ।

तीन दलका शीर्ष नेताबीच मंगलबार दोस्रो दिन सिंहदरबारमा भएको छलफलपछि संसद् भवनमा आयोजित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे ब्रिफिङ गरेका थिए ।

Tags :